जनता टाइम्स

१३ कार्तिक २०७७, बिहीबार १९:०५

युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिटेनको भिडिओ गायब


काठमाडौं, कात्तिक १३

भिटेन उपनामले चिनिने विवादस्पद र्‍यापर समीर घिसिङको पछिल्लो गित ‘पारा’ ल्याएका छन् । उनको यो गित चर्चित बनेको छ । तर, त्यहा प्रयोग भएको शब्दलाई लिएर उनको चर्को आलोचना भएको छ ।

र्‍यापमा प्रयोग भएका शब्द निक्कै अश्लिल छन् । यसअघि नै विवादमा परेका उनिलाई कारवाही गर्न प्रहरी फेरी सक्रिय भएको छ । भिटेनलाई कारबाही गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई चिठी लेखेपछि उनको युट्युबको टेन्ड्रिङमा रहेको भिडियो एकाएक गायब भएको छ । सो भिडियो उनि आफैले प्राइभेट गरेका छन् ।

बिहीबार दिउँसोसम्म युट्युबको टेन्ड्रिङमा पहिलो नम्बरमा रहेको भिडिओ साँझबाट हराएको छ । भिटेनको युट्युब च्यानल भिटेन म्युजिकमा १० लाख बढी सब्क्राइबर छन् । उक्त च्यानलमा जाँदा अहिले भिडिओ बजाउन मिल्दैन ।

भिटेनले एक साताअघि युट्युबमा पोस्ट गरेको र्‍यापको भिडिओमा आपत्तिजनक शब्द प्रयोग भएपछि कारबाही गर्न बिहीबार साइबर ब्युरो भोटाहिटीलाई चिठी लेखेको थियो । यसअघि भिटेनलाई प्रहरीले आपत्तिजनक शब्द तथा चित्र बोकेको भिडिओ सार्वजनिक गरेको आरोपमा महानगरीय अपराध महाशाखाले पक्राउ गरेको थियो । एक वर्षअघि पनि र्‍यापका विषयमा उनी विवादमा परेका थिए ।