काठमाडौं, कात्तिक १४
शुक्रबारको विहानी सदा भन्दा बढि सफा देखिएको छ । काठमाडौं, पोखरा उपत्यकाबाट हिमालहरु प्रष्ट देखिएका छन्, यो दिन । तर, मधेशबाट पनि पहिलो पटक प्रष्टसँग हिमालका दृश्यहरु देखिएका छन् ।
देशको भौगोलिक बनावटमा हिमाल, पहाड र तराईको खुड्किला छन् । यसैले तराई–मधेशका लागि हिमाल टाढा र निकै दुर्गम भेग हो । तर, शुक्रबार विहान मधेशबाट हिमाल प्रष्ट देखिएको छ । पछिल्लो समय खुलेको मौसममा तराईका विभिन्न ठाउँबाट हिमाल देख्न थालिएको हो ।
तस्विर परमेश्वर झा
प्रतिक्रिया दिनुहोस्