जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १४:२७

चलचित्र ‘ए मेरो हजुर ३’ ले ९ करोड बढी कमाएपछी ‘राधे कृष्ण’ सार्वजनिक (भिडियो सहित)


काठमाडौं, जेठ १७

नेपाली चलचित्र उद्योगकी अभिनेत्री तथा निर्देशक झरना थापाद्वारा निर्देशित चलचित्र ‘ए मेरो हजुर ३’ को ‘राधे कृष्ण’ बोलको गीत बिहिबार रिलिज गरिएको छ । चलचित्र प्रदर्शनको ५१ औं दिनको पूर्वसन्ध्यामा ‘राधे कृष्ण’ बोलको गीत आज रिलिज गरिएको हो । अभिनेता अनमोल केसी र सुहाना थापा अभिनित यस चलचित्र गत चैत्र १९ गते अल नेपाल रिलिज भएको थियो ।

निर्देशक झरना थापा र निर्माता सुनिल कुमार थापाले निर्माण गरेको यस चलचित्रको अहिलेसम्मको कुल कमाई ९ करोड ६३ लाख रहेको छ । चलचित्रमा अनमोल र सुहानासहित सलोन बस्नेत, अर्पण थापा, रेअर राई, सरोज खनाल लगायतका कलाकारहरुको अभिनय छ । झरना थापा र सुहाना अहिले चलचित्रको प्रदर्शनका क्रममा युरोपमा रहेका छन् ।