जनता टाइम्स

१५ कार्तिक २०७७, शनिबार १३:२५

धानमा पानी लगाउन मोटर सञ्चालन गर्दा करेन्ट लागेर महिलाको मृत्यु


गाईघाट, कात्तिक १५

उदयपुरको त्रियुगा नगरपालिका २, खैजनपुरमा धानमा पानी लगाउन मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकीको यसरी करेन्ट लागेर मृत्यु भएको हो । शुक्रबार बेलुकी ४ बजेतिर धानखेतमा पानी लगाउन मोटर चलाउँदा तत्कालै बुढाथोकीलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर बेहोस भई भुइँमा ढल्नुभएको उहाँलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो । करेन्टले उहाँको शरीरका भित्री र बाहिर अङ्‍ग जलेर कालो भएको थियो । बुढाथोकीको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।