जनता टाइम्स

१६ कार्तिक २०७७, आईतवार १४:३९

सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले कुमारीले ल्यायो ‘फोन लोन’ कर्जा : एक लाखसम्म ऋण पाइने


काठमाडौं, कात्तिक १६

कुमारी बैंकले आफ्ना ग्राहकको सुविधाका लागि ‘फोन लोन’ नामक नयाँ कर्जा योजना ल्याएको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले फोनलोन नयाँ सेवा सञ्‍चालनमा ल्याएको बैंकले जनाएको छ । बैंकमा विभिन्‍न तलब खाता सञ्‍चालन गरिरहेका ग्राहकले अधिकतम ३० दिनसम्मका लागि अधिकतम एक लाखसम्म कुमारी स्मार्ट मोबाइल बैंकिङबाट फोन लोन सुविधा सहजै प्राप्त गर्न सकिने जनाएको छ ।

यो कर्जाका लागि कुनै पनि धितोको आवश्यकता नहुने र कुनै निवेदनदिन र कानुनी कागजात गरिरहनु पनि नपर्ने बैंकले जनाएको छ । १८४ शाखा/संजाल, १४४ एटीएम, २१ शाखारहित बैंकिङ एकाइ तथा १३ एक्टेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवा दिँदै आएको बैंकले जनाएको छ ।