जनता टाइम्स

१७ कार्तिक २०७७, सोमबार ११:१४

दशैं लगत्तै सवा एक लाख फर्किए काठमाडौं


काठमाडौैं, कात्तिक १७

बडादशैं सकिए लगत्तै करिव सवा लाख मानिसहरु काठमाडौं फर्किएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार कात्तिक १२ गतेदेखि सोमबार बिहानसम्म १ लाख २५ हजार मानिस उपत्यका फर्किएका छन् ।

महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवका अनुसार पछिल्लो एक हप्तामा १ लाख ४ हजार मानिसले भने काठमाण्डौ उपत्यका छोडेका छन् । दशैँको फूलपातीको दिनपछि काठमाडौं फर्कनेहरुको सङ्ख्यामा कमी आएको थियो । घटस्थापना सुरु भएपछि आउने भन्दा काठमाण्डौ उपत्यका छोड्ने मानिसको सङ्ख्या बढी थियो ।

सबैभन्दा धेरै फूलपातीको दिन ४८ हजार ९८ जना मानिसले काठमाण्डौ छोडेका थिए । फूलपातीको अघिल्लो दिन कार्तिक ६ गते ३३ हजार ४ सय ४६ जना मानिस उपत्यका बाहिर गएका पनि उहाँले बताउनुभयो । यो संख्या गएको वर्षको तुलनामा निक्कै कम हो । कोरोना सङ्क्रमण जोखिमका कारण यसपालि दशैँमा चहलपहल भएन । दशैँ मनाउन घर जानेहरुमध्ये कतिपय भने तिहार मानेर मात्रै काठमाडौं फर्कने गरेका छन् ।