जनता टाइम्स

१७ कार्तिक २०७७, सोमबार १३:३०

एटीएम फोडिरहेको अवस्थामा १८ वर्षीय किशोर पक्राउ


काठमाडौं, कात्तिक १७

काठमाडौं महानगरपालिका–१४ कुलेश्‍वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं बानेश्‍वर बस्‍ने कैलाली टीकापुर घर भएका १८ वर्षीय किशोर छन् ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।