जनता टाइम्स

१७ कार्तिक २०७७, सोमबार १४:१८

बिधि–पद्धतीबारे कर्णालीका सहइञ्चार्ज यमलाल कँडेलले सोधे ओली–प्रचण्डलाई कठोर प्रश्न (पत्रसहित)


सुर्खेत, कात्तिक १७ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कर्णाली सहइञ्चार्ज यमलाल कँडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डलाई लिखित पत्र पठाउँदै बिधि र पद्धतीको बिषयमा कठोर प्रश्न गर्नुभएको छ ।

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिरुद्ध संसदीय दलमा अबिश्वासको प्रस्ताव दर्ताको नेतृत्व गर्नूभएका प्रदेशसभा सदस्यसमेत रहनुभएका सहइञ्चार्ज कँडेलले आइतवार अध्यक्षद्वय ओली र प्रचण्डलाई लिखित पत्र पठाई कडा प्रश्न गर्नुभएको हो । अबिश्वास प्रस्ताव पेश भएपछि उत्पन्न परिस्थितिका सम्बन्धमा भन्दै कँडेलले लेख्नुभएको पत्रमा पाँच ओटा प्रश्नसहित गम्भीर ध्यानाकर्षण गराउनु भएको हो ।

आफूहरु पार्टीको इमान्दार कार्यकर्ता रहेकोले अध्यक्षद्वयको पत्रका आधारमा काठमाडौं आएको भन्दै समस्या समाधान गर्नुको साटो उल्टै समस्या बढेको तथ्य कँडेलले पत्रमा औल्याउनु भएको छ । पत्रको बोधार्थ महासचिव बिष्णु पौडेललाई दिइएको छ ।

हेर्नाेस पत्र