जनता टाइम्स

१७ कार्तिक २०७७, सोमबार १५:५४

आईपीएल : प्लेअफमा स्थान पक्का गर्न दिल्ली र बैंगलोर भिड्दै


काठमाडौं, कात्तिक १७

यूएईमा जारी १३औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज रोयल्स च्यालेन्जर्स बैंगलोरले दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्दै छ । सेख ज्याद क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ हुँदै छ । आजको खेलमा दुवै टोली जित निकाल्दै प्लेअफमा स्थान बनाउने योजनामा छन् ।

लिग चरणको सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गरेको दिल्ली पछिल्ला खेलहरुमा कमजोर बनिरहेको छ । त्यसैले दिल्लीलाई आजको खेलमा जित निकाल्दै प्लेअफमा पुग्‍ने मौका छ । यता बैंगलोरलाई पनि आजको खेलमा जित निकाल्दै अघिल्लो चरण पुग्‍ने मौका छ ।

गत सिजन खराब प्रदर्शन गरेको बैंगलोर यो सिजन उत्कृष्ट फर्ममा छ । बैंगलोर यो सिजन उपाधि दाबेदार टोलीका रुपमा पनि छ । लिगमा १३ खेल खेलेको बैंगलोर १४ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ । समान अंक रहेको दिल्ली अंक तालिकाको तेस्रो स्थानमा छ ।