जनता टाइम्स

१७ जेष्ठ २०७६, शुक्रबार १५:१०

‘लुटन सके लुट’ लाई काउन्टर, एल.पी ढकालको ‘समर्थन’ गर सरकार गर काम, बोल्ने को के छर काम (भिडियो सहित)


काठमाडौं, जेठ १७

काठमाडौंमा झर्न लाछ मेलम्चीको पानी
पोखरामा बिमान चढी बिदेश घुम्न जानी,,
भ्रष्टचारी विस्तार–विस्तार पक्रेको छ धेरै,,
सबै मिले देश बनाउन लाउने छैन बेर ।।।।
यातायात र सिण्डिकेटका मतियारहरु,,
सरकारको कामले गर्दा भाछन् मरुमरु।।।।

‘गर सरकार गर काम
बोल्ने को के छर काम’

गणतन्त्र स्थापनाको दिन पारेर सरकारको समर्थनमा युवा सर्जक तथा गायक एल पी ढकालले नयाँ नया गीत बजारमा ल्याउनुभएको छ । समर्थन नामको एल्बमबाट सरकारले गरेका राम्रा कामको प्रशंसा गर्दै म्यूजिक भिडियो डिजिटल स्टारको यूट्यूवबाट सार्वजनिक भएको हो ।

गीतको शब्द एल.पी ढकालको रहेको नै रहेको छ भने गीतमा स्वर, लय, एरेन्ज पोखराका बरिष्ठ एरेन्जर तारानाथ आचार्यले गर्नुभएको छ । त्यस्तै महिला आवाज अर्घाखाँचीकी निरु गुरुङले दिनुभएको छ । गणेश सापकोटा र अर्जुन बाँस्तोलाको छायंकन रहेको गीतलाई फलानो क्रियशनको स्टुडियोमा सुबास अम्गाईले सम्पादन गर्नुभएको हो ।