जनता टाइम्स

१९ कार्तिक २०७७, बुधबार १३:५७

सरकार तलमाथी हुने कुनै सम्भावना नरहेकाले आनन्दले काम गर्न प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं, कात्तिक १९

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारल तलमाथी हुने कुनै सम्भावना नरहेकाले आनन्द भएर काम गर्न आग्रह गर्नुभएको छ । सरकार परिवर्तन गर्नका लागि धेरै कोसिसहरु भईरहेको भन्दै त्यसलाई सफल हुन नदिने बताउनु भयो ।

मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्दै उहाले भन्नुभयो, ‘यो सरकार यस्तो हुन्छ कि उस्तो हुन्छ कि फेरिन्छ कि बदलिन्छ कि भन्ने छ, धेरैले धेरै पटक धेरै प्रकारका कोशिसहरु गरे । भित्र बाहिर अनेक थरीका कोशिशहरु आए ।’ प्रधानमन्त्री ओलीले कोही कोहीमा देशमा अस्थिरता निम्त्याउने आदात रहेको पनि उल्लेख गर्नुभयो । उहाले कसैको नाम उल्लेख नगरी भन्नुभयो, ‘एकथरीको यो अस्थिरताको खेती गरिरहने, देशलाई अस्थिरतातर्फ धकेल्न खोज्ने प्रयासहरु गर्ने आदात छ । एडिक भएका छन् कोही यस्तो एडिकसनलाई म के भनौं । तर, देशमा स्थिरताका लागि हामी काम गर्छौं ।’

उहाले आफुहरु स्थिरताको पक्षमा रहेको भन्दै देशमा स्थिरता भएमात्रै विकास, जनताको जिवनमा परिवर्तन ल्याउने सकिने बताउनु भयो । उहाले आफ्नो राजिनामाको हल्ला समेत चलाउने गरेको बताउनु भयो । ‘म यस ठाउमा आएको मेरा रहरले होइन् । जनताको आवश्यकता र समर्थनले हो । यहा पु¥याएको जालझेल तिकडमबाट होइन, यहा पुगेको व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईहरु ढुक्क भएर काममा लाग्नुहोस्’, प्रधानमन्त्री ओलीको निर्देशन थियो ।

उहाले कोभिडसँगको लडाई गरिबीसँगको लडाई पनि जितेर समृद्धितर्फ अगाडी बढ्ने घोषणा समेत गर्नुभयो । प्रधानमन्त्री ओलीले जेमा पनि आलोचना गर्ने प्रवृत्तिहरु रहेको भन्दै त्यसबाट प्रभावित नहुन आग्रह समेत गर्नुभयो । आफैंले शिलान्यास गरेको तीन बर्ष नपुग्दै मनमोहन सेन्टर एनेक्स भवन उद्घाटन गर्न पाउंदा खुशी लागेको पनि उहाले बताउनुभयो ।