जनता टाइम्स

१९ कार्तिक २०७७, बुधबार १४:२०

आज पनि बढ्यो सुनको मुल्य, कतिमा भइरहेको छ कारोबार ?


काठमाडौं, कात्तिक १९

आज पनि सुनको मुल्य उकालो लाग्ने क्रम जारी रहेको छ । बुधबार सुन तोलामा ९०० रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९६ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने सामान्य रुपमा घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०५ रुपैयाँमा किनबेच हुँदैछ ।