जनता टाइम्स

२० कार्तिक २०७७, बिहीबार ०८:३९

चितवनमा कोरोना संक्रमित वृद्धको मृत्यु


चितवन,  कात्तिक २० । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक वृद्धको विहीबार बिहान मृत्यु भएको छ । मृत्यु हुने ८२ वर्षीय वृद्ध मकवानपुरको हेटौंडा उपमहानगरपालिका–६ का रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिनुभयो । कात्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि कोभिड आइसियूमा राखी उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।