जनता टाइम्स

२० कार्तिक २०७७, बिहीबार ०९:१७

आज राष्ट्रपति भण्डारीबाट भारतीय जनरल नरवणेलाई सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने


काठमाडौं  कात्तिक २०।  नेपाल भ्रमणमा रहेका भारतीय सेनाका प्रमुख मनोजमुकुन्द नरवणेलाई आज नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गरिने भएको छ ।

नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न नरवणे हिजो नेपाल आउनुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले जनरल नरवणेलाई आज सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ । नेपाली सेना र भारतीय सेनाबीच एक अर्काका देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा छ ।

नरवणेले भोलि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नुहुनेछ । भारतीय सेनाप्रमुख नरवणेले हिजो पशुपति दर्शन तथा वसन्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुभएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीन दिने भ्रमणका लागि उहाँ नेपाल आउनुभएको हो ।