काठमाडौँ, २१ कात्तिक । काठमाडौँमा आज यो वर्ष जाडो सुरु भएपछि अहिलेसम्मकै कम तापक्रम मापन गरिएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम १० दशमलव ४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसमविद् मिनकुमार अर्यालका अनुसार अब देशभर चिसो बढ्दै जानेछ । बिहानपख हुस्सु लाग्ने क्रम पनि बढ्दै जाने उहाँले बताउनुभयो । काठमाडौँमा हिजो बिहान बादल लागेकोमा आज भने केही खुलेको छ । बादल लाग्दा अधिकतम तापक्रम घटे पनि न्यूनतम तापक्रम बढ्ने भएकाले तुलनात्मक रुपमा केही न्यानो हुन्छ । तर बादल नलाग्दा न्यूनतम तापक्रम घट्छ, जसले गर्दा चिसो बढी महशुस हुन्छ ।
अहिले न्यूनतम तापक्रम घटेर चिसो भएको मौसमविद् अर्यालले बताउनुभयो । पानी पर्यो भने जाडो अझै बढ्नेछ ।













प्रतिक्रिया दिनुहोस्