काठमाडौं, कात्तिक २१ । स्थायी कमिटी बैठकबाट कार्यकारी अध्यक्षको अधिकार लिनुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले महासचिवलाई जानकारी नै नदिई सचिवालयको बैठक बोलाउनु भएको छ ।
पार्टी काम गर्दै नगर्ने कसम खाएर बस्नुभएका अध्यक्ष प्रण्डले आफ्ना प्रवक्ता नारायणकाजी श्रेष्ठलाई लगाएर सचिवालयको अनौपचारिक बैठक भन्दै पार्टी कार्यालय धुम्बाराहीमा आज तीन बजेका लागि गुट भेला बोलाउनु भएको हो । अनौपचारिक बैठक भनिए पनि अहिलेसम्म महासचिव बिष्णु पौडेललाई नै सो बिषयमा जानकारी दिइएको छैन । नेकपामा दुई अध्यक्षको सहमतिपछि महासचिवले बैठक बोलाउने बैधानिक ब्यवस्था छ ।
अध्यक्ष प्रचण्डले बोलाएको बैठकमा खुमलटारमा सधै जम्मा हुने गुटका सदस्य मात्रै सहभागी हुने देखिएको छ । अध्यक्ष तथा प्रधानमन्त्रीबिरुद्ध मोर्चावन्दी गर्न बोलाइएको बैठकमा सचिवालय सदस्यहरु रामबहादुर थापा, इश्वर पोखरेल र महासचिव बिष्णु पौडेललाई जानकारी नै दिइएको छैन । जानकारी दिइए पनि उहाँहरु गुट भेला बहिष्कार गर्दै आउनु भएको छ ।
बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिएको बताइए पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसहित चारैजना नेतालाई जानकारी दिइएको छैन । अध्यक्ष प्रचण्डल आजको अनौपचारिक बैठक बोलाउने काम पार्टी प्रवक्ता भए पनि आफ्नो नीजि प्रवक्ताका रुपमा काम गरिरहनुभएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई जिम्मा दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्