काठमाडौं, कात्तिक २२ । चोभारमा मर्निङ वाकमा आएका एक व्यक्ति आज विहान मृत भेटिएका छन्। मृतकको पहिचान हुन बाँकी छ।
उनी शनिबार धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन्। स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए। आराम गर्दागर्दै निज बाटोमा ढलेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। शवको अवस्थिति हेर्दा गनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने ललितपुर प्रहरीले जनाएको छ।













प्रतिक्रिया दिनुहोस्