काठमाडौं, कात्तिक २२
काठमाडौंको ट्राफिक व्यवस्थालाई सहज बनाउन केही समय अगाडी सडकमा ट्राफिक डमीको प्रयोग गरिएको थियो । ट्राफिकको संख्या कमि भएपछि मान्छे जस्तै देखिने त्यस्ता डमीहरु प्रयोगमा ल्याइएको थियो ।
अब भने ट्राफिक प्रहरीले गित गाउने डमीलाई सडकमा राख्ने भएको छ । उनिहरुले ट्राफिक जनचेतना जगाउने खालका गीतहरु गाउनेछन् । ट्राफिक प्रहरीका अनुसार यस्तो व्यवस्थाले मानिसमा जनचेतना बढ्ने आश व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्