काठमाडौं, कात्तिक २२
धादिङको सिस्ने खोलादेखि काठमाडौंको थानकोटस्थित टोटीटोलसम्मको सुरुङ मार्ग निर्माणकार्य सुरू भएको छ । २ दशमलव ६८ किलोमिटर लामो सुरुङ निर्माण जापानको हाज्मा इण्डो कम्पनीले निर्माण गरिरहेको छ ।
कम्पनीले ४० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का पाएको हो । निर्माण कम्पनीले दैनिक २ सय कामदार खटाएर भए पनि काम अगाडि बढाउने जनाएको छ । सिस्नेखोलामा पानी कटाउन कल्भर्ट निर्माण गरिएको छ । त्यहाँ सुरुङ निर्माण हुने ढोकामा चिन्ह लगाउने काम समेत गरिएको छ ।
झण्डै १५ अर्ब लागतमा सुरुङ बन्न लागेको हो । सुरुङ निर्माणपछि नागढुङ्गाको उकालोमा हुने सडक जाम हट्नेछ । काठमाडौंको थानकोटतर्फ पनि सुरुङ मार्गको प्रवेशद्वारा तर्फको काम सुरू भएको छ । आयोजनाले दुइटा सुरुङ निर्माण गर्नेछ । एउटामा सवारी साधन सञ्चालन हुनेछ भने अर्को सुरुङ आपतकालीन अवस्थामा प्रयोग हुनेछ ।
प्रतिक्रिया दिनुहोस्