काठमाडौं, कात्तिक २२ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड आफ्नो समुहको बैठकको निर्णय बोकेर कार्यान्वयन गर्न भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटन पुग्नुभएको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा हिजो र आज बसेको गुट भेलाको निर्णयलाई लिखित रुपमा उतार्दै अध्यक्ष प्रचण्ड प्रथम बरियताका अध्यक्ष ओलीसँग भेट गर्न दलबलसहित पुग्नुभएको हो । प्रचण्डसहित प्रधानमन्त्री भेटन वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ बालुवाटार पुग्नुभएको छ । प्रचण्डसहित सचिवालयका पाँच नेता अध्यक्ष तथा प्रधानमन्त्री ओली भेट्न बालुवाटार पुग्नुभएको हो । प्रचण्ड समुह बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले सचिवालय बैठकको मागसहितको पत्र बुझाउन बालुवाटार पुगेको हो ।
पार्टी मुख्यालय धुम्बाराहीमा आज पनि गुट भेला सकाएर नेताहरु बालुवाटार पुगेका हुन् । अध्यक्ष प्रचण्डले बहुमतले पार्टी कमिटीको बैठक राखे पार्टी विभाजन हुने चेतावनी दिएको जिकिर गर्दै प्रचण्ड प्रधानमन्त्रीबिरुद्ध घेरावन्दीमा हुनुहुन्छ । जुनसुकै पार्टीमा लागेका र नेकपाबिरुद्ध जेहाद छेडने ब्यक्ति भएपनि हरेक नियुक्तिमा आफ्ना परिवारका सदस्य अनिवार्य हुनुपर्ने प्रचण्डको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेपछि उहाँ सरकारबिरुद्ध बिधि र पद्धतीको नारा तेस्र्याएर लाग्नुभएको छ ।
पछिल्लो पटक स्थायी कमिटीले तोकेको जिम्मेवारीबिपरित प्रचण्ड पार्टीको काममा होइन, सरकारपूर्वएमालेका कुण्ठाग्रस्त समुहलाई हतियार बनाएर अघि बढनुभएको छ । पछिल्लो समय अध्यक्ष ओलीलाई प्रधानमन्त्री कायम राखिरहनु भन्दा पार्टी बिभाजन गरेर जाने निश्कर्षमा प्रचण्ड समुह पुगेको छ । त्यसैका लागि सो समुहले बिधि र पद्धतीको नाटक गरिरहेको छ ।













प्रतिक्रिया दिनुहोस्