काठमाडौं, कात्तिक २२ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको निर्णय स्मरण गराउनु भएको छ । आफ्नो समुहको भेलापछि लिखित पत्रसहित बालुवाटार भेटन आउनु भएका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डसहित सचिवालयका नेताहरुलाई स्थायी कमिटीको निर्णय स्मरण गराउँदै गुटबन्दी नगर्न सचेत गराउनु भएको हो ।
खुमलटारमा लगातार गरिएको गुट भेलापछि हिजो शुक्रवार र आज पार्टी कार्यालय धुम्बाराहीमा आफ्नो समुहको बैठकपछि सचिवालय बैठक बोलाउनु पर्ने लिखित मागसहित बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र नारायणकाजी श्रेष्ठलाई साथमै लिएर अध्यक्ष प्रचण्ड अध्यक्ष तथा प्रधानमन्त्री भेटन बालुवाटार पुग्नुभएको थियो । भेटमा प्रचण्डसहितका नेताहरुले सचिवालय बैठक बोलाउनु पर्ने बताउनु भएपछि अध्यक्ष ओलीले गुटबन्दी गर्न पाएकै छ, पार्टी निर्णयलाई उलंघन गरेर जथाभावी बोल्दै हिडन पाएकै छ किन चाहियो बैठक भन्दै पहिला गुटबन्दी रोक्न सचेत गराउनु भएको सहभागी एक नेताले जनताटाइम्सलाई बताए ।
प्रचण्डसहितका नेताहरुलाई ओलीले स्थायी कमिटी बठकले गुटबन्दी गर्न रोक लगाएको तर अध्यक्ष प्रचण्ड नै गुटबन्दी गर्दै हिडने काम गरेको भन्दै पहिला स्थायी कमिटीको निर्णय स्वीकार गरी कार्यान्वयनमा जानुपर्ने बताउनु भयो । गत भदौं २६ गते सम्पन्न स्थायी कमिटी बैठकले गुटबन्दीमाथि रोक लगाएको थियो । तर सोनिर्णयबिरुद्ध अध्यक्ष प्रचण्ड नै लाग्नुभएपछि नेकपाभित्र समस्या देखिएको छ ।
प्रचण्ड समुहको एकसुत्रीय अभियान ओलीलाई हटाउने र नेकपा तथा सरकार कब्जा गरी युद्धकालीन जनसरकार बनाउने रहेको बिषयमा प्रधानमन्त्री ओली जानकार हुनुहुन्छ । आजको छलफलमा ओलीले प्रचण्ड समुहबाट भइरहेको पार्टी एकताबिरोधी हर्कत र स्थायी कमिटीको निर्णयको अबज्ञालाई लिएर गम्भीर प्रश्न गर्दै सचेत गराउनु भएको हो ।













प्रतिक्रिया दिनुहोस्