काठमाडौं, कात्तिक २२ । नेपाल बार एशोसिएसनले न्याय परिषदमा सिफारिस गर्ने सदस्यको नाम मतदानबाटै टुंगो लगाएको छ । बार कमिटीले आज पबहुमतको निर्णयका आधारमा रामप्रसाद श्रेष्ठको नाम रिषदमा सिफारिस गरेको छ ।
कानून व्यवसायीहरुको छाता संगठन बारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बर्चश्व रहेको छ । न्याय परिषद् सदस्यमा कसलाई पठाउने भन्नेमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली तथा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद थियो । ओली समूहले महेश नेपालको नाम अघि सारेको थियो भने प्रचण्ड नेपाल समूहले श्रेष्ठलाई पठाउन चाहेको थियो । शनिबार बारमा भएको मतदानमा श्रेष्ठलाई पठाउने पक्षमा बहुमत देखिएको छ ।
बार पदाधिकारीका अनुसार न्यायपरिषद सदस्य बन्न पाइने एकजनाको कोटामा ३२ जना वकिलहरु आंकाक्षी थिए । डेमोक्रेट खेमाबाट हरिशंकर निरौला पनि आंकाक्षी थिए । आजको बैठकमा मतदान हुँदा सबै आकांक्षीलाई मत दिन सक्ने भनिएको थियो । तर श्रेष्ठ र नेपालले मात्र मत पाएका छन ।श्रेष्ठले १३ मत पाउँदा नेपालले १० मत मात्र पाउनु भएको थियो ।













प्रतिक्रिया दिनुहोस्