जनता टाइम्स

२२ कार्तिक २०७७, शनिबार २१:३८

प्रधानमन्त्री ओलीको प्रस्ताव : युवा पुस्तालाई किन नेतृत्व नदिने ?


काठमाडौं, कात्तिक २२

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको विवाद बढिरहेका बेला नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्न प्रस्ताव गर्नुभएको छ । उहाले पार्टीभित्र पटक पटक नेतृत्व लिएका तथा प्रधानमन्त्री बनेकाले अब नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने प्रस्ताव गर्नुभएको हो ।

एपीवान टेलिभिजनको कार्यक्रम तमसो मा ज्योतिर्गमयमा अन्तर्वार्ता दिदै आफुहरुभन्दा पछि रहेको पुस्तालाई नेतृत्व दिनुपर्ने बताउनु भयो । ‘३०– ३२ वर्ष पार्टीको नेतृत्व लिएका पटक पटक प्रधानमन्त्री भएका व्यक्तिहरु पटक पटक म म भन्दै किन भन्छन्’, उहाले भन्नुभयो, ‘हामी भन्दा पछाडी रहेको करिव ६० वर्ष पुगेका नेताहरु छन्, उनिहरुलाई अब नेतृत्व किन नदिने ?’

प्रधानमन्त्री ओलीले एउटा सहमति गरेर दिन समेत प्रस्ताव गर्नुभयो । ‘हामीले नै ओगटी रहने, जो तीन दशकदेखी शक्ति पावरमा छ, घुमिफेरी त्यही व्यक्तिमा किन आउने’, प्रधानमन्त्री ओलीको भनाई छ ।