बैतडी, कात्तिक २३
जिप दुर्घटना हुँदा बैतडीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२, काफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेको बैतडीका प्रहरी प्रमुख (प्रहरी नायब उपरीक्षक) नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
दोगडाकेदार ३, सिल्लेगडाबाट काफलकोटतर्फ गइरहेको ग।१ज ५१९२ नम्बरको बोलेरो जिप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो । दुर्घटनामा परी दोगडाकेदार ३, श्रीकोटका जिप चालक २३ वर्षीय दीपक चन्द घाइते भएका छन् ।
उहाँको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जिपमा दुईजना मात्रै सवार रहेको बताइएको छ । जिप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । जिप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्