जनता टाइम्स

२३ कार्तिक २०७७, आईतवार २१:३८

शंकर पोखरेलले दिनुभयो नेकपा विवाद समाधानको सुत्र


काठमाडौं, कात्तिक २३

नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एंव लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा विवाद समाधानको सुत्र दिनु भएको छ । उहाले शिर्ष नेता सम्मिलित सचिवालयलाई स्थायी कमिटीका पछिल्लो निर्णयको कार्यान्वयन गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न आग्रह गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले पार्टीलाई एकताबद्ध बनाउन एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमै निहित रहेको बताउनु भयो । एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न नदिने भन्दै एउटै डुंगामा सबै सवार छौं भनेर नविर्सन समेत आग्रह गर्नुभएको छ ।

यस्तो छ विवाद समाधानका लागि उहाको सुझाव

हामी एउटै डुंगामा छौ भन्ने हेक्का राख्ने र एक अर्कोको संवेनशीलतालाई ख्याल गर्ने हो भने पार्टीलाई एकतावद्ध राख्ने शुत्र एकताको दस्तावेज र स्थायी समितिको पछिल्लो वैठकका निर्णयमै निहित छ । एकताको मर्म र भावना विपरितको खेलले कसैलाई जित्न दिदैन । एकता महाधिवेशनमा प्रवेश नै नगरी सहमती भन्दा वाहिरवाट जित्ने कोशिस एकता विरुद्धको खेल सावित हुनेछ । त्यसैले सचिवालयका कमरेडहरु विवाद र कटुता विर्सेर एकताको वाटोतर्फ फर्कनु होस् । आम पार्टी पंक्तिको चाहना एकतावद्ध, गतिशील र अनुशासित पार्टी नै हो । सचिवालयको कर्तव्य स्थायी समितिको निर्णयको कार्यान्वयन हो । तसर्थ स्थायी समितिको वैठकका निर्णय इमान्दारिताका साथ पालना गर्दै एकता महाधिवेशनको तयारीमा जुट्न म सचिवालयका सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध गर्दछु ।