जनता टाइम्स

२४ कार्तिक २०७७, सोमबार १२:२४

कांग्रेस नेता विश्‍वकर्मालाई भेन्टिलेटरबाट निकालियो


काठमाडौं, कात्तिक २४

नेपाली कांग्रेसका नेता मीन विश्‍वकर्मालाई भेन्टिलेटरबाट निकालिएको छ । उपचारमा संलग्न चिकित्सकहरुका अनुसार उनलाई ७२ घण्टाको ट्रायल (परीक्षण) का लागि भेन्टिलेटरबाट निकालिएको हो । ‘उहाँको स्वास्थ्य सुधारात्मक छ । अहिले अलिअलि बोल्न सुरु गर्नुभएको छ,’ उहाँका स्वकीय सचिव टेक विकले जानकारी दिनुभयो । कोरोना संक्रमण देखिएपछि उहाँलाई अस्पताल भर्ना गरिएको थियो ।

अहिले उहाँ कोरोनामुक्त भएपनि फोक्सोमा आएको समस्याका कारण उपचार भइरहेको छ । ग्रान्डी अस्पतालमा भेन्टिलेटरमा राखेर उपचाररत नेता विश्वकर्माको गत मंगलबार नै होस् खुलेको भएपनि हाल मात्रै सामान्य बोल्न थाल्नुभएको छ । कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि विश्वकर्मा आफ्नै निवासमा आइसोलेसनमा बस्नुभएको थियो । तर स्वास्थ्य अवस्था बिग्रँदै गएपछि कात्तिक ९ गते वीर अस्पतालको भीआईपी क्याबिनमा भर्ना हुनुभएको थियो ।