झापा, कात्तिक २४
झापामा अवैध लागुऔषधसहित एकजना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६ काली मन्दिर नजिकबाट ३ ग्राम अवैध लागुऔषध ब्राउनसुगर सहित सोही नगरपालिका १४ बस्ने ३० वर्षीय कुमार बिकलाई प्रहरीले पक्राउ गरेको हो ।
सीमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्दा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
प्रतिक्रिया दिनुहोस्