जनता टाइम्स

२५ कार्तिक २०७७, मंगलवार ११:४५

फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस : प्रधानमन्त्री ओली


काठमाडौं, कात्तिक २५ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति, समाज सुधारक महागुरू फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि हुने बिश्वास ब्यक्त गर्नुभएको छ । फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा ट्वीटमार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो भनाई राख्नुभएको हो ।

‘राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा उहाँप्रति उच्च सम्मान प्रकट गर्दछु । यस अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उहाँको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्ने कामना गर्दछु,’ प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।