काठमाडौं, कात्तिक २५ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिवाद समाधानको बिषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच पछिल्लो बिवादबारे छलफल भएको हो ।
पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीको अनौपचारिक सचिवालय बैठक बोलाएपछि अर्का अध्यक्ष ओलीसँग भेट्न बालुवाटार जानुभएको हो । प्रचण्डले आजै दिउँसो चार बजे पार्टी कार्यालय धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाउनु भएको छ । यसअघि उहाँले खुमलटारमा सचिवालयमा रहेका आफू निकट नेतासँग छलफल गर्नुभएको थियो । अध्यक्ष ओलीसँग सहमति नभए सचिवालयको बैठक बसेर आफ्नो बाटो तय गर्ने प्रचण्डको योजना रहेको छ ।
प्रधानमन्त्रीबिरुद्ध कठोर कदम चाल्ने गरी अघि बढने योजना भए पनि पार्टीमा बिभाजन आउने गरी कुनै पनि बाटो लिने बिषयमा बरिष्ठ नेता माधवकुमार नेपाल असहमत देखिनुभएको छ । उपाध्यक्ष बामदेव गौतमले आफू निकटसँग खुलासा गरेअनुसार प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओली हटाउने बिषयमा चार नेता सहमत भएपनि नेपाल असहमत देखिनुभएको छ । आजको छलफलमा दुवै अध्यक्ष एक कदम पछाडि हटेको बुझएको छ ।
प्रतिक्रिया दिनुहोस्