लमजुङ, कात्तिक २५
लमजुङको सोती बजारमा जुवाको खालबाट १४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार सोती बजारमा जुवा खेलिरहेको सूचना पाएर पुगेको जिल्ला प्रहरी कार्यालयको टोलीले १४ जनालाई पक्राउ गरेको हो । उनीहरुबाट ठूलो मात्रामा रकम बरामद समेत गरेको छ ।
प्रतिक्रिया दिनुहोस्