जनता टाइम्स

२६ कार्तिक २०७७, बुधबार ११:५४

‘विप्लव’को नाममा धम्क्याएर ३ करोड चन्दा माग्ने ४ जना पक्राउ


काठमाडौं, कात्तिक २६

महानगरीय अपराध महाशाखाले ‘विप्लव समूह’को नाममा काठमाडौंमा धम्क्याएर चन्दा माग्ने ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट ककनी गाउँपालिका बिन्तोष सिलवाल, रामेछाप सुनापती गाउँपालिका रामदल श्रेष्ठ उर्फ अटल, काभ्रे तिमाल गाउँपालिका तीर्थमान तामाङ र चितवन भरतपुर महानगरपालिका नन्दुराज आचार्य छन् ।

सो समूहले फोनबाट काठमाडौं उपत्यका लगायतका विभिन्न स्थानमा बस्ने व्यवसायीहरुलाई फोन गरी विप्लव समूहको पूर्व जिल्ला सेक्रेटरी र कार्यकर्ता हौँ भनि ३ करोड चन्दा माग गर्ने, माग बमोजिम चन्दा नदिएमा भौतिक कारवाही समेत गर्ने धम्की दिएको सूचना प्राप्त भए अनुसार महाशाखाबाट खटिएको विशेष प्रहरी टोलिले पक्राउ गरेको महाशाखाका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) दीपक थापाले बताउनुभयो ।

उनीहरुलाई ‘आपराधिक लाभ’ लिन खोजेको मुद्धामा काठमाडौं अदालतबाट ३ दिनको म्याद लिएर महानरीय प्रहरी परिसर काठमाडौंले थप अनुसन्धान गरिरहेको छ ।