जनता टाइम्स

२६ कार्तिक २०७७, बुधबार १२:०५

प्रधानमन्त्री ओली किमाथांका नाका पुगेपछि…


काठमाडौं, कात्तिक २६

प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेकी चीनसँग जोडिएको किमाथांका पुग्नु भएको छ । संखुवासभाको सीमा रहेको किमाथांका पुगेर उहाले अवलोकन गर्नुभएको हो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङ, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललगायतलाई लिएर चीनसँगको सीमा जोडिएको क्षेत्रमा प्रधानमन्त्री ओली पुग्नु भएको छ ।

संखुवासभा भ्रमणमा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा अवस्थाको निरीक्षण गर्ने, अरुण तेस्रो जलविद्युत् आयोजनाको अवलोकन गर्ने, किमाथांका भएर हुने अन्तरदेशीय व्यापारको सम्भाव्यताबारे अध्ययन गर्ने कार्यक्रम रहेको छ ।

सेनाको हेलिकोप्टरबाट संखुवासभा गएका प्रधानमन्त्री ओली काठमाडौं फिर्ता आउने कार्यक्रम रहेको छ । भ्रमण दलमा संखुवासभाबाट संघीय संसद्‍मा प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र गौतम र राष्ट्रिय सभा सदस्य परशुराम मेघी गुरुङ पनि रहनु भएको छ ।