जनता टाइम्स

२६ कार्तिक २०७७, बुधबार १२:०७

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेका तीन जनाको मृत्यु


दाङ, कात्तिक २६

दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा रहेका तीनजनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको मौरीघाटमा ना ६ ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

रा ५ प ६७३३ नम्बरको मोटरसाइलकलाई ठक्कर दिँदा त्यसमा सवार तीनजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक अनियन्त्रित भएर पल्टिएको छ । मृत्यु हुने तीनजना नै दाङका रहेका छन् ।