काठमाडौं, कात्तिक २६
सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड कमिशन मागेको भनिएको अडियो रेकर्डिङको डिभाइस अझै फेला पर्न नसकेको रहस्य खुलेको छ । काठमाडौं जिल्ला अदालतमा तत्कालिन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले हालेको मुद्दामा जवाफ फर्काएका बिचौलिया विजय मिश्रले रेकर्डिङको अडियो रहेको पेनड्राइभ मात्रै बुझाएपछि सो रहस्य खुलेको हो ।
मिश्रले पटक पटक र अदालतमा फर्काएको जवाफमा सो अडियो मोबाइलबाट भुलबस भएको उल्लेख गरेका छन् । उनले नियत नभएपनि गलतबस भिडियो र अडियो रेकर्डिङ भएको विभिन्न मिडिया र जवाफमा भनेका छन् । यो प्रकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेपछि आयोगले रेकर्डिङ डिभाइस लिएर आउन पटक पटक सूचना निकाल्दा पनि उनि आएनन् । मुद्धाका प्रमुख व्यक्ति नै उपस्थित नभएपछि उनको भूमिकालाई लिएर विभिन्न टिकाटिप्पणी भईरहेको छ ।
काठमाडौं जिल्ला अदालतमा बुझाएको प्रमाणहरुमा विभिन्न पत्र, निर्णयहरु भएपनि मुख्य प्रमाणका रुपमा रहेको अडियो रेकर्डिङ डिभाइस प्रस्तुत गर्न सकेनन् । उनले प्रस्तुत गरेको प्रमाणको (फ) मा भनेका छन्, ‘वादी सँग रेकर्डिङ भएको कुराकानीको रेकर्डिङ राखिएको पेनड्राइभ डिभाईस थान–१ सम्मानित अदालतबाटै सो को उतार गरी सो को अभिलेखीकरण गरी पाउँ ।’
मिश्रले जवाफमा निक्कै हाँस्यपद विषयहरु पनि उठाएका छन् । उनले मन्त्रीले उक्त टेपको आवाज आफ्नो हो भन्ने आत्मसात गरी राजिनामा दिएको उल्लेख गरेका छन् । ‘सो झुठ्ठा हो भनी पदमा टिकी रहन वा अन्य फौजदारी कानूनको सहारा लिन पनि सक्नु भएन’, जवाफमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्