काठमाडौं, कात्तिक २६
नेकपा उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिटको आज पेशी तोकिएको छ । करिब एक महिनाअघि हेर्दाहेर्दैमा राखिएको मुद्दाको पेशी आज तोकिएको हो । गौतमविरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच जना न्यायाधीशको संवैधानिक इजलासले हेरिरहेको छ ।
यसअघि वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय बदरको माग गर्दै रिट दिनुभएको थियो । उहाँले गौतमलाई मन्त्री बन्न रोक्नुपर्ने माग पनि गर्नुभएको थियो । आजको सुनुवाइपछि गौतम मन्त्री बन्ने या नबन्ने भन्ने बाटो खुल्नेछ भने गौतमको मुद्दा फैसलापछि नेकपामा देखिएको विवादले पनि फरक बाटो लिन सक्छ ।
प्रतिक्रिया दिनुहोस्