जनता टाइम्स

२६ कार्तिक २०७७, बुधबार १४:२८

ग्लोबल आईएमई बैंकद्धारा टिच फर नेपाललाई सहयोग


काठमाडौं, कात्तिक २६

ग्लोबल आईएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टिच फर नेपालले सञ्‍चालन गरेको टिच फर नेपाल फेलोसिप कार्यक्रमलाई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

ग्लोबल आईएमई बैंकका बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालका प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सहयोगसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो ।

बैंकले स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आएको जनाएको छ ।