जनता टाइम्स

२६ कार्तिक २०७७, बुधबार १४:४६

रेड कार्पेट छोडेर जब अर्को बाटो लाग्नुभयो प्रधानमन्त्री


सङ्खुवासभा, कातिक २६

प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभाका विभिन्न आयोजनाको निरिक्षण गर्नुभएको छ । संखुवासभास्थित चीनसँग जोडिएको किमाथाङ्का अनुगमनपछि अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा पुग्नु भएको हो ।

बुधबार बिहान काठमाडौंबाट किमाथाङ्का पुग्नु भएका ओली नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरबाट किमाथांकादेखि मकालु गाउँपालिका–५ फाक्सिन्दास्थित अरुण तेस्रो विद्युत् आयोजनाको ड्याम साइटमा पुग्नु भएको थियो ।

उहालाई त्यहाँ रातो कार्पेट ओछ्याएर स्वागत गरिएको थियो । तर, उहाले रेड कार्पेट ओछ्याएको भन्दै बेग्लै ठाउँबाट हिड्नु भएको थियो । निर्माणाधीन मुख्यगरि सङ्खुवासभाको ३ स्थानको स्थलगत अवलोकन गर्नुहुने कार्यक्रम थियो । जसमा उत्तर दक्षिण कोशी राजमार्ग र निर्माणाधीन अरुण तेश्रो परियोजना छ ।

सबैभन्दा बढी चासोका साथ हेरिएको अरुण तेश्रोको काम २४ घण्टा नै लगातार भईरहेको अरुण तेश्रोको काम हाल ४० प्रतिशतभन्दा बढी सकिएको निर्माण कम्पनीले जनाएको छ ।

अरुण तेश्रोको ड्याम साईड र पावर हाउस क्षेत्र गरि दुई खण्डमा काम भईरहेको छ । ड्याम साईडमा जय प्रकाश एसोसियटस्ले काम गरिरहेको छ भने पावर हाउस क्षेत्रमा पटेल ईन्जिनियरिङले काम गरिरहेको छ । हालै पानी डाईभर्सन गर्ने सुरुङको काम सम्पन्न भईसकेको सतलज जलविद्युत निगमका डिप्युटि जेनेरल मेनेजर रमेशचन्द्र सुलेरियाले जानकारी दिनुभयो ।

११ दशमलव ७ किलोमिटरको डाईभर्सन सुरुङ सकिएसँगै उक्त टनेल कङ्क्रिड बनाउने काम भईरहेको उहाँले जानकारी दिनुभयो । यसपछि बाँधको काम सुरु हुने उहाँले बताउनुभयो । अरुण तेश्रो सन २०२२ मा सम्पन्न हुने पिडिएमा उल्लेख गरिएको छ ।