जनता टाइम्स

२६ कार्तिक २०७७, बुधबार १७:५३

नियन्त्रित लागुऔषधसहित युवक पक्राउ


स्याङ्जा, कात्तिक २६

स्याङ्जाबाट नियन्त्रित लागुऔषधसहित एकजना पक्राउ परेका छन् । वालिङ नगरपालिका–९ ठाडोलाइन बस्‍ने २१ वर्षीय जितन कुँवरलाई प्रहरीले पक्राउ गरेको हो । उनको साथबाट ११ एम्पुल फेनारगन, ९ एम्पुल नोफिम, १० एम्पुल डाइजेपाम र ३ थान सिरिन्ज प्रहरीले बरामद गरेको छ ।

कुँवरले आफ्नै मोटरसाइकल ग्यारेजमा बिग्रिएर राखेको ग४प ८१७९ नम्बरको मोटरसाइकलको सिट मुनि लागुऔषध लुकाइ राखेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले उक्त परिमाणको लागुऔषध फेला पारेको हो ।