जनता टाइम्स

२६ कार्तिक २०७७, बुधबार २०:११

संखुवासभामा प्रधानमन्त्री ओली सर्वसाधारण बसेकै स्थानमा पुगेपछि (फोटोफिचर)


संखुवासभा, कात्तिक २६

प्रधानमन्त्री केपी शर्मा ओली बुधबार विहान संखुवासभा पुग्नु भएको थियो । उहाले तीन वटा आयोजना निर्माण भईरहेका स्थानको अवलोकन गर्न पुग्नु भएको हो । सामान्यतय मानिसले यसलाई पार्टीको विवाद छल्न भनेर मनको भडास फेरे पनि त्यहा पुग्नुको कारण भने बेग्लै रहेको छ ।

भारत–नेपाल–चीन जोड्ने हालसम्म कुनै पनि सहज सडक बन्न सकेको छैन । त्यसै सेरोफेरोमा चीनसँग सीमा जोडिएको किमाथाङ्का नाका र उत्तर–दक्षिण कोशी राजमार्ग त्यहा बनिरहेको छ । दुई मार्ग एकापसमा जोडिएपछि त्रिदेशिय सडक बन्ने अपेक्षा गरिएको छ । त्यसले नेपालको व्यापार बढ्ने अनुमान गरिएको छ । सोही सडक र नाका निरिक्षणका लागि प्रधानमन्त्री त्यहा पुग्नु भएको हो ।

प्रधानमन्त्री ओली आएपछि सर्वसाधारण नआउने कुरै भएन । ठुलो मात्रामा सर्वसाधारण आएपनि सकेसम्म भौतिक दुरी कायम गराउन खोजिएको थियो । प्रधानमन्त्री ओली त्यस बखत सर्वसाधारण बसिरहेको ठाउमा पुगेर सर्वसाधारण सँग केही समय कुराकानी पनि गर्नुभएको थियो । त्यहा रहँदा स्थानीयले कालो चिया, भुटेको मकै भटमास खाजाका रुपमा प्रधानमन्त्रीलाई दिएका थिए ।