जनता टाइम्स

२७ कार्तिक २०७७, बिहीबार १३:४०

घट्यो सुनको भाउ, कति छ आजको मूल्य ?


कामठाडौं, कात्तिक २७

आज सुनको मूल्य दुई सयले घटेर ९४ हजार ७ सय पुगेको छ। बुधबार सुन ९४ हजार ९ सयमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ७१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

आज चाँदीको मूल्य भने स्थिर छ। अघिल्लो दिन १२ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।