जनता टाइम्स

२७ कार्तिक २०७७, बिहीबार १३:४९

राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठानेर काम गर्छु : युवराज खतिवडा


काठमाडौं, कात्तिक २७

अमेरिकाका लागि प्रस्तावित राजदूत युवराज खतिवडाले भौगोलिक अखण्डता, मुलुकको स्वाभिमानलाई ख्याल गर्दै कूटनीतिक पहलमार्फत देश र जनताको हितमा लाग्ने बताउनुभएको छ । आज संसदीय सुनुवाइ समितिमा उहाँले व्यापार, पर्यटन बढाउन पनि आफ्नो महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।

‘नेपाली श्रमिकहरूको पक्षमा पनि काम गर्छु । नेपाली विद्यार्थीका लागि अमेरिकामा कोटा बढाउन पनि मेरो भूमिका हुन्छ, उहाँले भन्नुभयो ।’ उहाँले थप्नुभयो, ‘राष्ट्रिय स्वार्थलाई सर्वोपरी ठानेर काम गर्छु ।’ नेपाल र अमेरिकाबीचको सबै सन्धि–सम्झौतालाई समझदारीपूर्वक अघि बढाउन पनि आफूले भूमिका खेल्ने उहाँको भनाइ छ ।