काठमाडौं, कात्तिक २७
प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिकोप्टर निर्माण सम्पन्न भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमाफृत दिएको जानकारीअनुसार नागरिक उड्ययन प्राधिकरणको मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण सम्पन्न भएको हो ।
प्रधानमन्त्री ओली नेपाली सेनाको हेलिकोप्टरबाट संखुवासभाका विभिन्न कार्यक्रममा सहभागी हुन जाने क्रममा बुधबार पनि सोही नवनिर्मित हेलिप्याडबाटै पहिलो उडान गरिएको थियो । बेलुकी पनि बालुवाटारमै हेलिकोप्टर अवतरण गराइएको थियो । अब बालुवाटारबाट एयरपोर्ठ जान–आउन लाग्ने समय वचत हुने र ट्राफिक जामबाट सर्वसाधारणले पाउने सास्तीको अन्त्य भएको छ ।
प्रतिक्रिया दिनुहोस्