जनता टाइम्स

२८ कार्तिक २०७७, शुक्रबार १८:५५

मैत्रीपूर्ण खेलमा नेपाल बंगलादेशसँग पराजित


काठमाडौं, कात्तिक २८

नेपालले बंगलादेशविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा पराजय व्यहोरेको छ । एक वर्षपछि पहिलो खेल खेलेको नेपाल बंगलादेशसँग २–० गोलले पराजित हुन पुगेको हो ।

बंगबंधु रंगशालामा १०औं मिनेटमा मोहम्मद नबिब नवाज जिबानले पेनाल्टी एरिया भित्रबाट ट्याप इनमा गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछाडी परेको नेपालले ८०औं मिनेटमा दोस्रो गोल खान पुगेको थियो ।

वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गरेका मबुबर रहमानले गोल गर्दै बंगलादेशको जित सुनिश्चित गरे । खेल अवधिभर नेपालले गरेका ६ वटा प्रहारमध्ये तीन वटा सट मात्रै टार्गेटमा परेका थिए । नेपालको खेल निक्कै फितलो थियो । नेपालले अर्को खेल मंगलबार खेल्नेछ ।