जनता टाइम्स

२ मंसिर २०७७, मंगलवार १३:३२

आज नेपाल–बंगलादेशबीच भिड्दै, नेपाललाई ट्रफी जित्‍न ३–० को जित आवश्यक


काठमाडौं, मंसिर २

नेपाल र बंगलादेशबीचको दोस्रो खेल आज हुँदै छ । खेल नेपाली समयअनुसार अपराह्न ४ः४५ मा सुरु हुने छ । मुजिब बर्सो फिफा इन्टरनेसनल सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको थियो । आज जित्‍नै पर्ने दबाबमा नेपाल छ । नेपालले ट्रफी उचाल्नका लागि बंगलादेशलाई ३–० गोलको जित आवश्यक छ ।

मैत्रीपूर्ण भनिए पनि सिरिज नै आयोजना गरिएकाले नेपाल २–० गोल अन्तरले विजयी भए पनि सिरिजको छिनोफानो पेनाल्टी सुटआउटबाट हुनेछ । नेपाली टिमले आजको म्याचका लागि सबै तयारी पूरा गरेको प्रशिक्षक बालगोपाल महर्जनले बताउनुभयो ।