जनता टाइम्स

२ मंसिर २०७७, मंगलवार १८:५०

नेपाल र बंगलादेशको फुटबल खेल बराबरीमा सकियो


काठमाडौं, मंसिर २

नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण दोस्रो फुटबल खेल गोलरहित बराबरीमा सकिएको छ । पहिलो खेल २–० गोलले जितेको बंगलादेशले सिरिज भने जितेको छ ।

बगबन्धु रंगशालामा भएको खेलमा नेपालले पछिल्लो खेलभन्दा सुधारिएको प्रदर्शन गरेपनि गोल गर्न सकेन । पहिलो हाफमा भने नेपालले फितलो प्रर्दशन गरेको थियो । दोस्रो हाफको अतिरिक्त समयको दोस्रो मिनेटमा रजिन धिमालको क्रसमा नवयुग श्रेष्ठको हेडर पोस्टमा लागेर फर्कंदा नेपाल अन्त्तिम समयमा जित दर्ता गर्नबाट बन्चित भयो ।