जनता टाइम्स

३ मंसिर २०७७, बुधबार १५:३१

४६ वर्षीय कोरोना संक्रमितको मृत्यु


स्याङ्जा, मंसिर ३

स्याङ्जा पुतलीबजार नगरपालिका–१३ का ४६ वर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ। उहाँको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आज बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । उहाँलाई कात्तिक २५ गते कोरोना पृष्टि भएको थियो।