जनता टाइम्स

४ मंसिर २०७७, बिहीबार ११:४७

कोरोना कहरमा पनि एनएमबी बैंकको उत्कृष्ठ व्यवस्थापन, यस्ता छन् परिसुचक


काठमाडौं, मंसिर ४

कोभिड–१९ को संक्रमणले विश्वलाई नै त्रसित बनाएको छ । आर्थिक रुपमा विभिन्न देश कमजोर बन्नेतर्फ उन्मुख भएका छन् । कतिपय क्षेत्र डामाडोल अवस्थामा छन् । त्यसको असर बैंकहरुमा पनि परेको छ । तर, एनएमबी बैंक भने यस्तो संकटका बेला पनि उत्कृष्ठ व्यवस्थापन प्रस्तुत गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले नाफा कमाएको छ । जसको चौतर्फी रुपमा चर्चा भईरहेको छ । एनएमबी बैंक तत्कालिन नेपाल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सबाट सन् २००८ मा एनएमबी बैंकको रुपमा स्तरोन्नति भएको बैंक हो । यो बैंकमा नेदरल्याण्डको स्थापित वित्तीय संस्था एफएमओको १३.६९ प्रतिशत प्रमोटर सेयर छ, एउटै समुहको सबैभन्दा बढी प्रमोटर सेयर हो ।

बैंकको संचालक समिति अध्यक्षमा स्थापित उद्योगी पवनकुमार गोल्यान छन् । संचालकहरुमा एफएमओको तर्फबाट निको पिजल, कर्मचारी संचय कोषको तर्फबाट राजेन्द्र काफ्ले, सर्वसाधारण सेयरधनीको तर्फबाट योगेन्द्रलाल प्रधान, उत्तम ब्लोन र सिरिशकुमार मुरारका तथा स्वतन्त्र संचालकको रुपमा प्रदीपराज पाण्डे छन् ।

बैंकको व्यवस्थापकीय टीमको नेतृत्व अनुभवी बैंकर सुनिल केसीले प्रमुख कार्यकारी अधिकृतको रुपमा संहालिरहेका छन् । यस्तै, प्रदीप प्रधान चिफ अपरेटिङ अफिसर (सीओओ), शब्नम लिम्बु जोशी चिफ ह्युम्यान रिसोर्सेज अफिसर, शरद तेजी तुलाधर चिफ रिक्स अफिसर, सुदेश उपाध्याय, चिफ विजनेस एण्ड स्ट्राटेजी अफिसर, गोविन्द घिमिरे चिफ विजनेस अफिसर, नविन मानन्धर चिफ फिनान्स अफिसर, प्रमोदकुमार दाहाल कम्पनी सचिव तथा चिफ इन्टरनल अडिट र रोशन रेग्मी रिटेल बैंकिङको प्रमुखको रुपमा व्यवस्थापकीय तहको जिम्मेवारीमा छन् ।

एनएमबीले सन् २०१७ र सन् २०१८ मा बैंक अफ दि एयर अवार्ड प्राप्त गरेको छ । बैंकको वेबसाइटमा उल्लेख भएअनुसार उसको अहिले १ सय ७३ वटा शाखा र १ सय ३५ वटा एटिएम बुथ संचालनमा छन् । बैंकले विगत १५ महिनायता के कस्तो परिवर्तन र उपलब्धी हासिल गर्यो भन्ने तथ्यांक तलको टेवलमा प्रस्तुत गरिएको छ ।