जनता टाइम्स

४ मंसिर २०७७, बिहीबार १२:२३

सन्दीपले बिग बास लिगमा अष्ट्रेलियाको होबर्ट हुरिकेन्सबाट खेल्ने


काठमाडौं, मंसिर ४

नेपाली क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी–ट्‍वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्ने पक्का भएको छ । होबर्टले बिहीबार सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्धित गरेको जनाएको छ ।

यसअघिका दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका सन्दीपले यो सिजन भने नयाँ टोलीबाट खेल्न थालेका हुन् । सन्दीपले यस अघि बीबीएलमा २० खेलमा २६ विकेट लिन सफल भएका छन् । होबर्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिम थप बलियो बन्‍ने भएको बताएको छ ।

यता सन्दीपले बीबीएल १० को लागि होबर्टमा सामेल हुन पाउँदा राम्रो महसुस भएको बताएका छन् । नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर १० बाट सुरु हुनेछ ।