जनता टाइम्स

६ मंसिर २०७७, शनिबार १२:११

नेपाल टेलिकमको अफरमा फेरी नयाँ सुविधा थप


काठमाडौं, मंसिर ६ । नेपाल टेलिकमले अटम अफरमा सुविधा थप गरेर नयाँ ‘इको भ्वाइस प्लस डाटा कम्बो’ प्याक ल्याएको छ । पहिलाको अफर अन्तर्गत प्रतिदिन १ जिबी डाटा प्याक थियो। सो प्याक अन्तर्गत दैनिक १ जिबी डाटा ७ दिनका लागि २५० र २८ दिनका लागि ८५० मा दिइएको प्याकमा भ्वाइस सुविधा थप गरिएको हो ।

यस अनुसार उक्त कम्बो प्याकअन्तर्गत २५० मा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ९८ मिनेट भ्वाइस कल गर्न सकिन्छ । प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा ७ जिबी डाटा ७ दिनभित्र प्रयोग गर्न सकिन्छ । यसैगरी ८५० रुपैयाँमा प्रतिदिन १४ मिनेटको हिसाबले जम्मा ३९२ मिनेट भ्वाइस कल गर्न सकिन्छ।

प्रतिदिन १ जिबी डाटाको हिसाबले जम्मा २८ जिबी डाटा २८ दिनभित्र प्रयोग गर्न सकिन्छ । कम्पनीका अनुसार माथि उल्लेख गरिएका सबै दरहरु कर सहितका हुन् । परिमार्जन गरिएको अफर शुक्रबार राति १२ बजेपछि लागू भईसकेको कम्पनीले जानकारी दिएको छ ।