जनता टाइम्स

१० मंसिर २०७७, बुधबार १५:५१

पत्रकारको गुट भेलाबारे प्रवक्ता श्रेष्ठको जवाफ : मैले होइन, प्रचण्ड र माधव कमरेडले गर्नुभएको हो


काठमाडौं, मंसिर १० । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आफूले पत्रकारको गुट भेला नगरेको बताउनु भएको छ ।

पार्टीभित्रको अन्तरसंघर्ष चर्किदै जाँदा आफूले नभई अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड र बरिष्ठ नेता माधवकुमार नेपालले पत्रकार बोलाएर छलफल गर्नुका साथै आफ्नो कुरा राखेको प्रवक्ता श्रेष्ठको भनाई छ । पत्रकारको गुटभेला राखेर प्रवक्ता श्रेष्ठले ‘पार्टी फुटने तहमा छ, संगठन कब्जा र प्रतिरक्षाको तयारी गर्न’ भनेको समाचार जनताटाइम्समा प्रकाशन भएपछि प्रतिक्रिया दिँदै प्रवक्ता श्रेष्ठले आफूले पार्टी बिभाजनको लागि कुनै पनि काम नगरेको बताउनु भयो ।

‘भेला पनि होइन, निश्चित पत्रकार साथीहरुलाई प्रचण्ड र माधव कमरेडले बोलाएर छलफल र आफ्नो धारणा राख्नुभएको हो, मैले होइन, बिभाजनको कुरा पनि मैले कँही कतै गरेको छैन,’ जनताटाइम्ससँग प्रवक्ता श्रेष्ठले भन्नुभयो ।